
काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पीडितलाई न्याय हुनेगरी संक्रमणकालीन न्यायसँग सम्बन्धित कानून निर्माण हुनुपर्ने बताउनुभएको छ ।
सोमबार शहीद यदुकुमार गौतमको २५ औं स्मृति दिवसमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो ।
सभामुख घिमिरेले करिब १७ वर्ष पूरा हुँदा पनि अहिलेसम्म अहिलेसम्म न्याय निरुपण गर्ने काम नहुनु दुःखद् भएको बताउनुभयो । कानून समितिबाट विधेयक छिटै पास हुनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले सशस्त्र द्वन्द गर्नेहरुव आज सरकारमा हुँदा पनि कानून निर्माण नहुनु र पीडितले न्याय नपाउनु दुःखद् भएको बताउनुभयो ।
कानून निर्माण भएसँगै अन्यायमा परेका पक्ष र द्वन्द्वमा परेका असरहरु सदाका लागि अन्त्य हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्