२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025

सत्ता गठबन्धन फेरबदलको शेयर बजारमा प्रभाव


1.248k
Shares

काठमाडौं । सत्ता गठबन्धन फेरबदलको शेयर बजारमा प्रत्यक्ष प्रभाव परेको छ ।

निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार ३ पटक सकारात्मक सर्किट लाग्दै नेप्से ६ प्रतिशतले बढेपछि दिनभरीका लागि नै कारोबार स्थगित भयो ।

कारोबार सुरु भएको ३ मिनेटमै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । त्यसको २० मिनेटमा खुलेको कारोबारमा फेरि ५ प्रतिशत वृद्धिसँगै दोस्रो सर्किट लागेको थियो । दोस्रो सर्किटको ४० मिनेटमा खुलेको बजारमा नेप्से सेञ्चुरी मार्दै ६ प्रतिशतले बढेपछि दिनभरीका लागि कारोबार स्थगितभयो ।

सोमबार नेप्से १ सय १७ अंकले बढेर २०७८ पुगेर थामियो । मात्र सामूहिक लगानी कोष नगन्य अंकले रातो रहेबाहेक सबै समूहमा उछाल आयो । जलविद्युत समूहमा ८ प्रतिशत नजिकको वृद्धि आयो ।

सोमबार नेपाल स्टक एक्सचेन्जमा २ सय ३७ कम्पनीको जम्मा ९ लाख कित्ता शेयर ३७ करोड ५२ लाखमा किनबेचभयो ।