४ बैशाख २०८२, बिहिबार | Fri Apr 18 2025


गठबन्धनको असर सिंहदरबारमा, देखियो सुनसान


2.392k
Shares

काठमाडौं । सत्ता समीकरण फेरियो असर केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारमा पनि देखियो ।

सधै सेवाग्राहीहरुको भिडभाड देखिने सिंहदरबार परिसर सोमबार भने सुनसान देखियो ।

मन्त्रीहरुलाई भेट्न जाने दलका नेता, कार्यकर्ता, कर्मचारी र सर्वसाधरणको सधैजसो देखिने भीड, सोमबार खासै देखिएन ।

पुरानो सत्ता समीकरण भत्किएसँगै बहालवाला सबै मन्त्रीहरु हट्ने र नयाँ मन्त्रीमण्डल गठन हुने खबरले सिंहदरबार अलमलमा थियो । दैनिक सयौंको संख्यामा सिंहदरबार ओहोरदोहोर हुनेमा सोमबार फाट्ट्फुट्ट मात्रै मानिसहरु र सवारी साधन प्रवेश गरेको पाइयो भने कर्मचारीहरु पनि राजनीतिक चासोमै व्यस्त देखिए ।