२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्री बर्खास्त


1.365k
Shares

काठमाडौं । गण्डकी प्रदेश सरकारले नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई बर्खास्त गरेको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको हो ।

दुई मन्त्रीलाई बर्खास्त गरेर मुख्यमन्त्री पाण्डेल दुवै मन्त्रालय आफै मातहत राख्नु भएको छ ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै त्यसको असर गण्डकी प्रदेशमा देखिएको हो ।