
काठमाडौं । मोरङको पथरीशनिश्चरेमा १५ वर्षीया किशोरीको हत्या भएको छ । पथरीशनिश्चरे लामाटोलस्थित विनोद राईको घरमा बसेर पढ्दै आएकी १५ वर्षीया ज्ञानुकुमारी राईको हत्या भएको हो ।
सोमबार राति साढे १० बजे कोठाबाट शौचालय जाँदा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको प्रहरीले जनाएको छ । खोटाङको अैसेलुखर्क– ६ घर भइ दुई वर्षदेखि राईको घरमा बस्दै आएकी उनी पथरीको पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययन गर्दै थिइन् ।
हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्