
काठमाडौं । नयाँ सत्ता समीकरणसंगै मन्त्रालयहरुको भागवण्डालगायतका बिषयको टुंगो लगाउन गठित चार सदस्यी कार्यदलको बैंठक मंगलबार बस्ने भएको छ ।
सोमबार पटक–पटक बैंठक बस्दासमेत भागबण्डा नमिलेपछि मंगलबार पुनः टुंगो लगाउन बैंठक बस्न लागेको हो ।
सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा एमाले, माओवादी, रास्वपा र जसपाका शीर्ष नेताहरुसहितको पटक–पटक वैठक बसे पनि मन्त्रालय बाँडफाँडमा सहमति हुन सकेको थिएन । अर्थमन्त्रालयमा एमाले र माओवादी तथा गृह मन्त्रालयमा एमाले र रास्वपाको दाबी छ ।
बाँडफाँड मिलाउन सकस भएपछि चार सदस्यी कार्यदल पनि बनाइएको थियो । कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट बर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव रहेका छन् । मन्त्रालय भागबण्डामा गठबन्धन भित्रका दलले आ–आफ्नो दाबीमा अडिग रहेका कारण भागबण्डा मिल्न नसकेको हो । सोमबार शपथ लिएका मन्त्रिहरुलाई पनि कुनै मन्त्रालयको जिम्मेवारी दिईएको छैन ।
प्रतिक्रिया दिनुहोस्