२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कांग्रेसका कारण गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्रीको भनाईलाई अस्वीकार गछौं : महत


2.08k
Shares

काठमाडौं । नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसले असहयोग गरेर गठबन्धन तोड्नुपरेको भन्ने प्रधानमन्त्री पुष्पकमल दाहालको भनाईमा कुनै सत्यता नरहेको बताउनुभएको छ ।

मंगलबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी केन्द्रिय कार्य समिति बैठकलगत्तै सञ्चारकर्मीमाझ प्रवक्ता महतले सो प्रतिक्रिया दिनुभएको हो ।

प्रवक्ता महतले कांग्रेस र कांग्रेसका मन्त्रीहरुले असहयोग गरेर गठबन्धन परिवर्तन गर्नुपरेको भन्ने प्रधानमन्त्री दाहालको भनाईलाई आफ्नो पार्टीले ठाडै अस्वीकार गर्ने बताउनुभयो । आफूहरुलाई बहाना बनाएर प्रधानमन्त्री दाहालले गठबन्धन परिवर्तन गरेको उहाँको बुझाई थियो । प्रवक्ता महतले आफूले प्रधानमन्त्री दाहालकै निर्देशन अनुसार आगामी आर्थिक वर्षको बजेटका सिलिङ तोकेको पनि बताउनुभयो ।

प्रवक्ता महतले सत्तारुढ गठबन्धन परिवर्तन गर्ने मक्सद अरु नै केही भएको पनि दोहो¥याउनुभयो ।