
काठमाडौं । नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज पोखरामा बसेको प्रदेश संसदीय दलको बैठकले पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
यसअघि केन्द्रमा कांग्रेसँगको गठबन्धन टुटेपछि मंगलबार मुख्यमन्त्री पाण्डेले माओवादीबाट मन्त्री बनेका सुशीला सिम्खडा र रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्नुभएको थियो ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकार संकटमा परेको छ । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीलाई ३१ सांसदको समर्थन आवश्यक पर्छ ।
गण्डकी प्रदेशमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र एकीकृत समाजवादीको एक जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्