१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रियाल मड्रिड र म्यान्चेस्टर सिटी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा


1.625k
Shares

काठमाडौं । रियाल मड्रिड र म्यान्चेस्टर सिटी युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार राति भएको राउण्ड अफ सिक्स्टिनको दोस्रो लेगको खेलमा स्पेसिन क्लब रियाल मड्रिडले जर्मनीको आर.बी लेप्जीगसँग १–१ गोलको बराबरीमा खेल्यो ।

पहिलो लेगमा हात पारेको एक शुन्यको जितको मद्दतले रियाल मड्रिड समग्रमा २–१ ले विजयी हुँदै क्वाटरफाइनलमा पुगेको हो ।

गएरातिको खेलमा रियालका लागि भिनिसियस जुनियरले एक गोल गर्दा लेप्जीगका विली ओर्बानले एक गोल फर्काए । गएराति भएको अर्को खेलमा डेनमार्कको एफ.सी कोपनहेगनलाई ३–१ ले हराउँदै इंग्लीश क्लब म्यान्चेस्टर सिटी पनि क्वाटरफाइनलमा उक्लियो ।

सिटीका लागि अर्लीङ ब्रट हाल्याण्ड, म्यानुएल अकान्जी र जुलियन अल्भारेजले एक एक गोल गरे । पहिलो लेगमा पनि ३–१ ले विजयी भएको म्यान्चेस्टर सिटी समग्रमा ६–२ को परिणाम निकाल्न सफल भएको हो ।