
कैलाली । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी काँग्रेस नेतृत्वको सरकारबाट बाहिरिएको छ ।
समाजवादीका तर्फबाट आर्थिक मामिला मन्त्री बन्नु भएका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहसमक्ष समीकरणमा भएको फेरबदलले पदमा बस्न नसक्ने जानकारी गराउनु भएको छ ।
चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन आज फिर्ता लिनेभएको छ ।
माओवादी केन्द्रले पनि यसअघि नै प्रदेश सरकारलाई दिएको समर्थन लिइसकेको छ । समाजवादी पार्टीले पनि समर्थन फिर्ता लिएपछि काँग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको हो ।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ गरेर २५ जना प्रदेशसभा सदस्यको मात्र समर्थन बाँकी छ भने सरकार जोगाउन २७ जनाको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्