२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रधानमन्त्रीले राजनीतिक इमान गुमाइसक्नुभयो, प्रधानमन्त्रीको नेतृत्वमै प्रश्न छ : कांग्रेस


364
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाले राजनीतिक इमान गुमाएको आरोप लगाउनुभएको छ ।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक लेखकले यस्तो बताउनुभएको हो ।

प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले गठबन्धन टुट्नुका कारणहरुमा सत्य डग्मगाएको अवस्था देखिएको बताउनुभयो । उहाँले सरकारको काम प्रभावकारी भएन, संक्रमणकालीन न्यायले टुंगो पाएन, त्यसकारण गठबन्धन भत्कियो, त्यसको जिम्मा कांग्रेसले लिनुपर्ने ? हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले संक्रमणकालीन न्यायको विधेयक काँग्रेसका कारण नरोकिएको पनि स्पष्ट पार्नुभयो ।

प्रमुख सचेतक लेखकले काँग्रेस जस्तौ धोका दिएका राजनीतिक दलहरु एक ठाउँमा आए नेकपा (माओवादी केन्द्र) के होला भन्ने हेक्का राख्न चेतावनी समेत दिनुभयो । उहाँले १४ महिनामा ३ पटक गठबन्धन फेरि सकिएको भन्दै उहाँले यही अनुपातमा ५ वर्षमा १३ पटक सत्तँ गठबन्धन फेरिने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले गठबन्धन फेरेर जनतासँग गरेका प्रतिवद्धताहरुमा माथि कुठाराघात गरेको आरोप लगाउनुभयो । उहाँले केही मन्त्रीहरुको काँधमा कमजोरी थुपारेर आफ्नो कमजोरी लुक्छ भन्ने नसोच्न आग्रह गर्नुभयो । उहाँले प्रधानमन्त्री दाहालले यता र उताको कुरा गरेर गठबन्धन तोडेको कारण देखाउनु लज्जाजनक भएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको नेतृत्व र योग्यता नहुँदा यो अवस्था आएको बताउनुभयो । उहाँले अरु सबै गलत म मात्रै ठिक भन्ने घमण्ड नदेखाउन चेतावनी दिनुभयो ।

प्रमुख सचेतक लेखकले पार्टीले आधिकारिक रुपमा निर्णय नै नगरेको विषयलाई लिएर राजनीतिक घटना गराउनु कांग्रेसको कमजोरी नभएको बताउनुभयो ।