६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


मिटरव्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुराम भट्टराईको आग्रह


416
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मिटरव्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभएको छ ।

बिहीबार काठमाडौंमा मिटरव्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुग्नुभएका उहाँले यस्तो आग्रह गर्नुभएको हो ।

भट्टराईले जनयुद्धताका बनाइएका जाली र झुटो तमसुकहरु च्यातेको र आगो लगाएको स्मरण गर्दै तत्काल निश्चित सम्मको ऋण मिनाह घोषणा गर्न आग्रह गर्नुभयो । उहाँले लिखित तमसुकहरु खोजेर कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । उहाँले नेपालका बैंकहरुमा ६० खर्ब पैसा रहेकाले त्यसमध्ये एक खर्ब रुपैयाँ गरिब किसानलाई किन बाँड्न आँट गर्न आग्रह गर्नुभयो । उहाँले मिटरब्याज पीडितहरुको विषयमा बनेका थुप्रै आयोगहरुको प्रतिवेदन सार्वजनिक नभएको भन्दै गौरीबहादुर कार्कीको संयोजकत्वमा बनेको अयाोगको प्रतिवेदन सार्वजनिक गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग आग्रह गर्नुभयो ।

भट्टराईले लघुवित्त पीडितका मागहरुमा आफ्नो आफ्नो पार्टी नेपाल समाजवादीको तर्फबाट पूर्ण समर्थन रहेको बताउनुभयो ।