
काठमाडौं । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले आफू बेदाग भएर मन्त्रालयबाट निस्किएको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै पूर्वमन्त्री किराँतीले आफुमाथि कुनैपनि दाग नलागेको बताउनुभएको हो ।
पूर्वमन्त्री किराँतीले आफू मन्त्रालयबाट बेदाग भएर खुशीसाथ निस्किएको बताउनुभयो । उहाँले एक वर्षको अवधिमा धेरै काम गरेको र त्यसको परिणाम निस्किने बेला भएको बताउनु भयो । उहाँले मन्त्रीको रुपमा रहँदा आफु कुनैपनि विवादमा नआएपनि विवादित बनाइएको बताउनुभयो । प्रधानमन्त्रीलाई अनुभवी मन्त्रीहरुको आवश्यकता भएका कारण आफू नयाँ मन्त्रीमण्डलमा समावेश हुन नसकेको उहाँले बताउनुभयो ।
पूर्वमन्त्री किराँतीले सरकारले विश्वासको मत पाउने पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्