
सिन्धुली । महाशिवरात्रि पर्वका अवसरमा सिन्धुलीको प्रमुख महादेवस्थानहरुमा श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
हिन्दुहरुको महान पर्व महाशिवरात्रिका अवसरमा सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडीस्थित कमलामाई नगरपालिका–४ सिद्धबाबा मन्दिरहरुमा आज विहानैदेखि मेला लागेको छ ।
महाशिवरात्रिका अवसरमा सिन्धुलीको सुनकोशी र रोशीको संगमस्थलमा अवस्थित कुशेश्वर महादेव स्थान र दुधौली नगरपालिकामा अवस्थित मधुगंगा महादेवस्थानमा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरुको घुइँचो लागेको छ ।
आज बिहानैदेखि सिन्धुली जिल्लाभरका शिवालयहरुमा श्रद्धालु भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गर्ने क्रम चलिरहेको छ । शिवालयहरुमा शिवको दर्शन तथा पूजा गर्नका लागि सिन्धुलीमाडीको रामेश्वरधाम, त्रिवेणी महादेवलगायत जिल्लाभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको हो ।
प्रतिक्रिया दिनुहोस्