
काठमाडौं । नेपाली क्रिकेट टोली त्रिकोणात्मक टी–२० श्रृंखला खेल्न हङकङ प्रस्थान गरेको छ । बिहीबार राति हङकङ गएको टोलीले त्यहाँ रहँदा हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक श्रृंखला खेल्नेछ ।
नेपालले भोलि हङकङसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्रिकोणात्मक श्रृंखलाको खेलमा आइतबार हङकङ र मंगलबार पपुवा न्युगिनीसँग भिडत हुनेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । हङकङ भ्रमणमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरि, कुशल मल्ल, सोमपाल कामी, आसिफ शेख र ललित राजवंशी जस्ता पहिलो रोजाइका खेलाडी छैनन् ।
नेपाली क्रिकेट टोली यतिवेला व्यस्त तालिकामा रहेको छ । हङकङबाट फर्केपछि दुई सातामै घरेलु मैदानमा नेपालले आयरल्यान्ड ‘ए’ सँग दुई टी–२० खेल खेल्नेछ । त्यसपछि नेपाली टोली बरोडा र गुजरातसँग त्रिकोणात्मक टी–२० श्रृंखला खेल्न भारत जानेछ ।
प्रतिक्रिया दिनुहोस्