२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


काठमाडौंको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो (तस्बिरहरु)


585
Shares

काठमाडौं । महाशिरात्रि पर्वका अवसरमा आज आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । काठमाडौंको पशुपतिनाथसहित देशैभरका शिवालयहरुमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

आज भक्तजनले शुद्ध भएर शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

आज भगवान शिवको दर्शन तथा पूजा गर्नका लागि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, भक्तपुरको डोलेश्वर महादेवलगायत देशभरका शिवालयहरुमा भक्तजनको घुइँचो लागेको छ । (तस्बिरहरु)