
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथको दर्शन एवं पूजाआराधना गर्नुभएको छ ।
शुक्रबार महाशिवरात्रीको अवसरमा राष्ट्रपति पौडेलले पशुपतिनाथमा पुगरे दर्शन गर्नुभएको हो ।
पशुपतिनाथको पूजाआराधनाका साथै उहाँले प्रसाद ग्रहण समेत गर्नुभयो । शिवभक्तहरुले शिवरात्रिका दिन व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दुध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्दछन् ।
शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा रहेको शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फाल्गुण कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दिनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
शुक्रबार देशभरका शिवालय, तनहुँको देवघाट, म्याग्दीको गलेश्वर धाम, सन्तानेश्वर महादेव, हलेसी महादेव, कुशेश्वर महादेव लगायतका शिवालयमा भक्तजनहरुले उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्