
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा शनिबार बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पार्टीले जनाएको छ ।
कांग्रेसले विपक्षमा रहेका अन्य दलसँग पनि राष्ट्रिय सभाको अध्यक्षमा सहयोग खोज्न छलफल गर्ने निर्णय गरेको छ । उम्मेदवारको चयन भने राष्ट्रिय सभाका सदस्यको बैठक पछि गर्ने कांग्रेसले जनाएको छ ।
राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ । यसअघि माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ ।
प्रतिक्रिया दिनुहोस्