२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


घर-घरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा कांग्रेस लाग्दैन : महामन्त्री शर्मा


702
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गर्नुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनुभएको हो ।

महामन्त्री शर्माले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने बताउनुभयो । उहाँले कांग्रेस अहिलेको सरकार भत्काउन धार्नी पु¥याउनेतर्फ नलाग्ने बताउनुभयो । उहाँले काँग्रेस अब जनताका मुद्दाहरु लिएर खरो रुपमा उत्रिने बताउनुभयो ।

महामन्त्री शर्माले धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरुको भुमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप लगाउनुभयो ।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने बताउनुभयो ।