१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : राजेन्द्र महतो


624
Shares

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको शुरुवात गर्नुभएका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताउनुभएको छ ।

जनकपुरधाम विमानस्थलमा शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पार्नुभयो । उहाँले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताउनुभयो ।

नेता महतोले बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने बताउनुभयो । अहिलेसम्म नेपाल सबै नेपालीको देश बन्न नसकेको बताउनुभयो ।

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताउनुभयो ।