३ बैशाख २०८२, बुधबार | Thu Apr 17 2025


सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्छ : मन्त्री भण्डारी


637
Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सम्मेलनका लागि सरकारले कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट सम्बोधन गर्नुपर्ने जरुरी रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो ।

मन्त्री भण्डारीले अहिलेका कानूनहरुमा रहेका त्रुटीहरु, कानूनमा रहेका समस्याहरुलाई फास्ट ट्रयाकबाट चाँडो भन्दा चाँडो त्यसलाई सम्बोधन गर्नु नै लगानी सम्मेलनका लागि फाइदाजनक रहेको बताउनुभयो । उहाँले लगानीमैत्री वातावरणको पहिलो आधार भनेको विद्यमान कानूनहरुमा सुधार र संशोधन गर्नुपर्ने रहेको बताउनुभयो । उहाँले निजी क्षेत्र उत्साहीत नभएसम्म र निजी क्षेत्रलाई प्रोत्साहित गर्न नसकेसम्म लगानीमैत्री वातावरण बन्न नसक्ने बताउनुभयो । उहाँले लगानीमैत्री वातावरण सिर्जना गर्न सरकार तयार रहेको बताउनुभयो ।

मन्त्री भण्डारीले नेपाली बजार र नेपालको उद्योग क्षेत्रमा आज पनि धेरै अभावहरु कायम रहेको जिकिर गर्नुभयो ।