२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पाकिस्तानमा महिलाका लागि समान अधिकार सुनिश्चित गर्ने नवनिर्वाचित प्रधानमन्त्रीको दाबी


1.196k
Shares

एजेन्सी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री शाहबाज शरिफले पाकिस्तानमा महिलाहरूका लागि समान र न्यायपूर्ण अधिकार सुनिश्चित हुने दाबी गर्नुभएको छ ।

सरकारले महिलालाई शिक्षा र रोजगारीका लागि समान अवसर प्रदान गर्न ठोस कदम चाल्ने वचन दिंदै प्रधानमन्त्री शरिफले महिलाको संरक्षण, शिक्षा र प्रगतिको समान अवसरहरूका लागि सरकारले व्यापक काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

महिलाको रचनात्मक भूमिका बिना मानव समाजमा प्रगति सम्भव नभएको कुरा सरकारले राम्ररी बुझेको भन्दै प्रधानमन्त्री शरिफले महिलालाई आफनो हक अधिकारका लागि आवाज बुलन्द गर्न पनि आग्रह गुर्नुभएको छ ।

महिलाका लागि समान अधिकार सुनिश्चित गर्न र उनीहरूको सुरक्षाका लागि विगतमा बनेका कानुनको पूर्ण कार्यान्वयन गर्ने र नयाँ कानुन पनि निर्माण गर्ने सरकारको तयारी छ ।

पाकिस्तानमा विगत केही दशकदेखि महिलाका हक अधिकार हनन भएको भन्दै पाकिस्तान सरकारको आलोचना हुने गरेकोमा प्रधानमन्त्री शरिफको यो भनाइले महिलामा उत्साह जागेको छ ।