
ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका ३ को खोपने गाउँमा ३० लाख लागतमा बाख्रा फार्म सञ्चालन गरिएको छ ।
माधवी कृषि तथा पशुपंक्षी फार्ममा विभिन्न प्रजातिका ६० वटा बाख्रा रहेका छन् ।
स्थानीय लीलाराम बस्नेत र बाबुराम बस्नेतले उन्नत नश्लको बाख्रा खरिद गर्न बाह्य जिल्ला जानुपर्ने बाध्यता हटाउन र जिल्लामै त्यस्तो नश्लका बाख्रा उत्पादन गर्न फार्म सञ्चालनमा ल्याएका हुन् । ४०-५० हजारका लागि विदेश जानुभन्दा स्वदेशमै आत्मनिर्भर हुने अभियानका साथ फार्म सुरु गरिएको उनीहरुको भनाइ छ ।
फार्मका लागि आधुनिक खोर निर्माण, घाँस तथा दाना पिस्ने मेशिन उपकरण खरिद र ६ रोपनी जग्गा भाडामा लिइएको छ । फार्मका लगानीकर्ताको नाममा रहेको १ सय ५० रोपनी जग्गामा घाँस खेती समेत गरिएको छ । फार्ममा २ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।
प्रतिक्रिया दिनुहोस्