
काठमाडौं । राम लामा अविनाशीको पुस्तक स्मृतिका बिम्बहरु विमोचन भएको छ ।
सोमबार काठमाडौंमा एक कार्यक्रमबीच पुस्तक स्मृतिका बिम्बहरु विमोचन भएको हो ।
सुरभी साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो । पुस्तकमा जीवनमा आफूले विभिन्न कालखण्डमा र विभिन्न देशहरुमा नेपालीहरुले भोगेका कथाहरुलाई उतारिएको छ ।
कार्यक्रममा उपस्थित साहित्यकार, समालोचकहरुले स्मृतिका बिम्ब आत्म स्थापना खोज्नका लागि लेखिएको साहित्य भएको बताए । कार्यक्रममा सहभागी साहित्यकारहरुले राम लामाको संस्करणमा घटाना कम र भावना बढी रहेको बताए । उनीहरुले पुस्तकमा थोरै कुरा भएपनि महत्व धेरै रहेको बताए । पुस्तकमा विदेशमा नेपालीहरुले पाएको दुःखका बारेमा पनि यथार्थ प्रश्तुत गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्