१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


‘सुपा देउराली मन्दिर सर्दैन’


5.395k
Shares

अर्घाखाँची । अर्घाखाँचीको धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर नरपानीमा सार्ने भन्ने कुरा सत्य नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा मन्दिर सार्ने भ्रामक समाचार आएपछि मन्दिर संरक्षण समितिले खण्डन गरेको हो ।

मन्दिर संरक्षण समितिका अध्यक्ष फर्सबहादुर केसीले अर्घाखाँचीको प्रमुख पर्यटकीय गतन्तव्य मात्र नभई देशकै चिनारीको गलत प्रचार गर्नाले नकारात्मक संदेश गएको बताउनुभयो । समितिका सचिव हरि खनालले मन्दिरको पहिँचान कसैले मेटाउन नसक्ने भन्दै गलत नियतले समाचार सम्प्रेषणको भएको बताउनुभयो ।

सन्धिखर्क नगरपालिका वडा नम्बर ७ र शितगंगा नगरपालिका वडा नम्बर २ मा रहेको मन्दिरको भेटीबाट मासिक २ लाख १७ हजार भन्दा बढी रकम विद्यालय,स्वास्थ्य चौकी लगातका सामाजिक क्षेत्रमा खर्च गर्दै आएको सन्धिखर्क ७ का वडा अध्यक्ष चुराबहादुर केसीले बताउनुभयो ।