
काठमाडौं । आज बागमती प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे बस्ने बागमती प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
आज बस्ने बैठकमा बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समितिले तयार गरेको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
गत फागुन १० गते बसेको प्रदेशसभा बैठकले सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको बजेट विनियोजन सम्बन्धको सहमति कार्यान्वयनका साथै संसद्को गतिरोध अन्त्य र बजेट तथा कार्यक्रम व्यवस्थापन सम्बन्धी विशेष समिति गठन गरेको थियो ।
११ सदस्य रहेको विशेष समितिले कार्यविधि निर्माण गरी सत्तापक्ष र प्रतिपक्ष बिचको सहमति लगायतका विषयमा अध्ययन तथा परामर्श गरी मंगलबार बस्ने बैठकमा प्रतिवेदन पेस गर्न संसद्ले निर्देशन दिएको थियो ।
प्रदेशसभाको बैठकअघि आज दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्