१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित


1.001k
Shares

काठमाडौं । राष्ट्रियसभाको अध्यक्ष नेकपा (माओवादी केन्द्र)का नारायण दाहाल निर्वाचित हुनुभएको छ ।

मंगलबार राष्ट्रिय सभा बैठकमा भएको मतदानबाट उहाँ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

दाहाल सत्ता गठबन्धनका तर्फबाट उमेदवार बन्नु भएको थियो । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ मत परेको थियो । कांग्रेसका तर्फबाट उमेदवार बनेका युवराज शर्माका पक्षमा १७ मत परेको थियो ।

दाहाललाई राष्ट्रियसभा अध्यक्ष बनाउन माओवादी केन्द्रसहित नेकपा (एमाले) नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का सांसदले मतदान गरेका थिए । मनोनीत सांसद वामदेव गौतमले पनि दाहालका पक्षमा मतदान गर्नुभयो । पराजित शर्माका पक्षमा कांग्रेसका १६ र लोसपाका १ गरी १७ सांसदले मत दिएका थिए । एक मत रहेको राष्ट्रिय जनमोर्चाका सांसद भने तटस्थ बसेका थिए ।

राष्ट्रियसभा अध्यक्षमा निर्वाचित दाहाल नातामा प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा हाल ५८ सांसद छन् । एक सदस्य भने राष्ट्रपतिबाट मनोनित हुन बाँकी छ ।