१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कानूनको अभाव हुन दिँदैनौं : कानूनमन्त्री गिरी


598
Shares

पर्वत । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले तीनै तहका सरकारलाई आवश्यक ऐन कानून तत्काल उपलब्ध गराउने बताउनुभएको छ ।

गृह जिल्ला पर्वतमा नेपाल पत्रकार महासंघ पर्वत शाखाले मंगलबार बिहान आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री गिरीले तीनै तहका सरकरालाई ऐन कानूनको अभाव हुन नदिने दावी गर्नुभयो ।

उहाँले अहिलेपनि कतिपय महत्वपुर्ण ऐन, कानून र नीतिको अभावमा संघीय सरकारमात्र हैन स्थानीय र प्रदेश सरकारले पनि काम गर्न नपाईरहेको गुनासो आएको भन्दै छिटोभन्दा छिटो आवश्यक ऐन निर्माण गरेर पठाउनेगरी गृहकर्य भैरहेको जानकारी गराउनुभयो ।

मन्त्री गिरीले कतिपय स्थानीय सरकारहरुले आफै ऐन बनाएर कार्यान्वयन गरेको अवस्था रहेको भन्दै आफ्नो मन्त्रालयको टिमलाई ऐनको मस्यौदा ड्राफ्ट गर्न लगाएको बताउनुभयो । मन्त्री गिरीले मुलुक समृद्ध बन्नका लागि असल नीति र कानून आवश्यक पर्ने बताउनुयो । कतिपय विद्यमान नीति तथा कानून अहिलेको परिस्थिति प्रतिकुल रहेको भन्दै मन्त्री गिरीले अब मुलुक र आम नागरिकका लागि आवश्यक नीति तथा कानून बनाउनुपर्ने बताउनुभयो ।