
काठमाडौं । सत्ता गठबन्धन परिवर्तनसँगै शेयर बजारमा देखिएको उत्साह मंगलबार पनि जारी रह्यो ।
बजार परिसूचक नेप्से मंगलबार ५८ अंकले बढ्दै २१ सय ११ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका सबै उपसूचकमा हरियाली छाएको बजारमा कारोवार रकम पनि साढे चार अर्ब बढी भएको छ । जनउत्थान लघुवित्त वित्तिय संस्था, उन्नति सहकार्य लघुवित्तलगायत पाँच कम्पनीको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।
लघुवित्त र जीवन बिमा समूहमा ५ प्रतिशत बढीको वृद्धि आउदा बाणिज्य बैक, होटल तथा पर्यटन, निर्जिबन बिमा समूहमा तीन प्रतिशत बढीको वृद्धि आएको छ । बाँकी समूहमा पनि दोहोरो अंकको सुधार आएको छ । मंगलबार ३ सय ५ कम्पनीको १ करोड बढी कित्ता शेयर ४ अर्ब ५५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।
मंगलबार २ सय २० कम्पनीको मूल्य बढ्दा २२ कम्पनीको भने घटेको छ । तर, उच्च अंकले घट्ने कम्पनीहरु भने छैनन् । अर्थमन्त्री वर्षमान पुनले पूँजी बजारको सुधारमा चासो ब्यक्त गर्दै नियामक निकायहरुलाई तत्काल योजना तय गर्न निर्देशन दिनुभएकाले बजारमा उत्साह छाएको विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्