
भोजपुर । नेपाल प्रहरीले भोजपुरमा सामाजिक सञ्जाल दुरुपयोगविरुद्ध सचेतना अभियान कार्यक्रम सुरु गरेको छ ।
जिल्लाको पूर्वी अरुण गाउँपालिका–३ प्याउलीबाट यो अभियान सुरु भएको हो ।
पछिल्लो समय सामाजिक सञ्जाल दुरुपयोगका कारण समाजमा घटेका घटनालाई मध्यनजर गर्दै वडा, पालिका, विद्यालय, नागरिक समाजमाझ अभियान सञ्चालन सुरु गरेको डिआइजी भिम प्रसाद ढकालले बताउनुभयो ।
जिल्लाका ८१ वटै वडामा तथा कक्षा ८ भन्दा माथिका विद्यार्थीहरु सहित करिब १० हजार व्यक्तिलाई लक्षित गरी ३ महिना अभियान सञ्चालन हुनेछ । भोजपुरसंगै अन्य जिल्लामा पनि अभियान विस्तार गरिने पनि ढकालले बताउनुभयो ।
सामाजिक सञ्जालको महत्व, सदुपयोग, दुरुपयोग लगायतका विषयमा सचेत बनाउने उद्देश्य लिइएको छ ।
प्रतिक्रिया दिनुहोस्