१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा पदभार ग्रहण


806
Shares

काठमाडौं । नवनिर्वाचित राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले पदभार ग्रहण गर्नुभएको छ ।

मंगलबार राष्ट्रिय सभा अध्यक्षमा निर्वाचित हुनुभएको दाहालले शपथ ग्रहण गरेर साँझ सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले राष्ट्रिय सभाको काम जनतालाई अनुभुति हुनेगरी अगाडि बढाउने बताउनुभयो । उहाँले सचिवालयका कर्मचारीहरुका बीचमा एकता र विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै काम गर्ने क्रममा धेरै औपचारिकतामा गएर विलम्व नगर्न कर्मचारीहरुलाई आग्रह गर्नुभयो । उहाँले धेरै ऐन, कानूनहरु निर्माण हुन बाँकी रहेका भन्दै ती ऐन, कानून निर्माणमा जोड दिइने बताउनुभयो । उहाँले राष्ट्रिय सभालाई जनताको बीचमा स्थापित गर्नेगरी काम गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष दाहालले सभामा भएका छलफल र गरिएका निर्णयहरु कार्यान्वयन गराउन पनि आफ्नो ध्यान पुग्ने बताउनुभयो ।