
काठमाडौं । बार्सिलोना र आर्सनल युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । राउण्ड अफ सिक्सटिनको खेलमा इटालीको नापोलीलाई समग्रमा ४–२ ले हराउँदै बार्सिलोना क्वाटरफाइनलमा पुगेको हो ।
पहिलो लेगको खेल एक एक गोलको बराबरीमा टुंग्याएको बार्साले मंगलबार राति आफ्नै मैदानमा भएको दोस्रो लेगको खेल ३–१ ले जित्यो । बार्साको लागि फर्मिन लोपेज, हुँवा क्यान्सेलो र रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरे । नापोलीका अमिर राहमानीले एक गोल फर्काए ।
गएराति भएको अर्को खेलमा पोर्चुगलको एफ.सी पोर्टोलाई पेनाल्टी शुटआउटमा हराउँदै इंग्ल्याण्डको आर्सनल पनि क्वाटरफाइनलमा पुगेको छ ।
पहिलो लेगको खेल १–० ले हारेको आर्सनलले गएराति भएको दोस्रो लेगको खेल एक शुन्यmेनैं जितेपछि खेल अतिरिक्त समय हुँदै टाई ब्रेकरमा पुगेको हो । टाई ब्रेकरमा आर्सनल ४–२ ले विजयी भयो ।
च्याम्पियन्स लिगमा आज राती स्पेनको एट्लेटिको मड्रिड र इटालीको इन्टर मिलान तथा जर्मनीको बोरुसिया डर्टमण्ड र नेदरल्याण्ड्सको पिएसभी आइन्डोभन भिड्नेछन् । पहिलो लेगमा इन्टरले एट्लेटिकोलाई १–० ले हराएको छ भने डर्टमण्ड र आइन्डोभनले एक एक गोलको बराबरी खेलेका छन् ।
प्रतिक्रिया दिनुहोस्