
काठमाडौं । हङकङमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको फाइनलमा आज नेपाल र पपुवा न्युगिनी (पी.एन.जी) भिड्नेछन् । खेल दिउँसो पौने १२ बजे सुरु हुनेछ ।
हिजो मंगलबार भएको लिग चरणको अन्तिम खेलमा पपुवा न्युगिनीले हङकङलाई १० विकेटले हराउँदै नेपालसँग उपाधि भिडन्त तय गरेको हो ।
हिजै भएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । समुहका दुई खेलबाट नेपालले तिन अंक जोड्यो भने पीएनजीले दुई अंक जोड्यो । श्रृंखलाको आयोजक टोली हङकङको भने एक अंक मात्रै रह्यो ।
प्रतिक्रिया दिनुहोस्