२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालले पदबाट राजीनामा दिने


0
Shares

काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिने हुनुभएको छ ।

राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल मंगलबार निर्वाचित भएपछि दलहरुको सहमतिअनुसार अर्यालले राजीनामा दिने हुनु भएको हो ।

अर्याल माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएको हो । अर्यालले आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामा दिने जानकारी गराउनुभएको हो ।

उपाध्यक्ष अर्यालले राजीनामा दिएपछि उपाध्यक्षको निर्वाचन प्रक्रिया सुरु हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।