८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिँदै


0
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिइरहनु भएको हो ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित सत्ता गठबन्धनका दलहरु एमाले, रास्वपा, जसपा र एकीकृत समाजवादीले प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ‘ह्विप’ जारी गरेका थिए ।

कुल २ सय ७५ सदस्य रहेको संसदबाट विश्वास पाउन प्रधानमन्त्रीलाई १ सय ३८ मतको आवश्यकता पर्छ ।

संसदमा प्रधानमन्त्री दाहालले आज तेस्रो पटक विश्वासको मत लिँदै हुनुहुन्छ । गतवर्ष पुस २६ गते र चैत ६ गते प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु भएको थियो ।