२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सहकारी पीडितले आज प्रदर्शन गर्ने


1.573k
Shares

काठमाडौं । काठमाडौंमा भेला भएका सहकारी पीडितले आज प्रदर्शन गर्ने भएका छन् । देशका विभिन्न स्थानबाट राजधानीमा भेला भएका पीडितहरुले विभिन्न पाँच ठाउँबाट प्रदर्शन गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गर्ने कार्यक्रम तय गरेका छन् ।

प्रदर्शन गर्नका लागि कालिमाटी, गोंगबु नयाँबसपार्क नजिकको बिजी मल, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्न लागेका हुन् । पाँच स्थानबाट पैदलमार्च सुरु गर्दै पीडितहरु सुन्धारामा भेला हुने बताइएको छ ।

सहकारी पीडितहरुको प्रदर्शनको नेतृत्व सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले गरेको छ । महासंघका अध्यक्ष कुशलभ केसीले आफूहरुले सरकार समक्ष राखेका माग आज सम्बोधन नभए सबै पीडितहरु सहकारी विभागमा गएर बस्ने चेतावनी दिनुभयो ।

सरकारले चैत मसान्तभित्र सबै सहकारी पीडितहरुको सावाँब्याज फिर्ता गरिसक्ने भने पनि अहिलेसम्म वास्ता नगरेकाले आन्दोलन थालेको उनीहरुको भनाइ छ । उनीहरुले सरकारले आफुहरुलाई झुक्याउन खोजेको भन्दै आफ्ना माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।