१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी लडेर घाइते


0
Shares

एजेन्सी । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जी आफ्नै घरमा लडेर घाइते हुनुभएको छ । उहाँको कोलकाताको सेठ सुखलाल करनानी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालका एक अधिकारीले ६७ वर्षीया बनर्जी घरमै चिप्लिएर लडेको र अवस्था गम्भीर रहेको बताएका छन् । उहाँ दक्षिण कोलकातास्थित बालिगन्जको कार्यक्रमबाट फर्किएलगत्तै लडेको समाचारमा उल्लेख छ ।

उहाँको पार्टी तृणमूल कांग्रेसले ट्विटरमार्फत बनर्जीका तस्बिहरू सार्वजनिक गर्दै चोट लागेको जानकारी गराएको छ । तस्विरमा उहाँको निधारमा चोट लागेको देखिएको छ ।