२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद्का दुवै सदनको बैठक आज बस्दै


429
Shares

काठमाडौँ । संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक आज बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । यस्तै राष्ट्रियसभाको बैठक बिहान ११.१५ बजे बस्नेछ ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रतिनिधिसभाबाट उत्पत्ति भएको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सबन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

उपप्रधान एवं गृह मन्त्री रवि लामिछानेले ‘राजनैतिक दल सबन्धी (दोस्रो संसोधन) विधेयक २०८० माथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

साथै आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

यस्तै, राष्ट्रियसभा बैठकमा अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ । त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन)विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैगरी दुवै सदनको बैठकमा आर्थिक वर्ष २०८१र०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने संघीय संसद् सचिवालयले जनाएको छ ।