२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रको स्थायी समितिको बैठक बस्दै


741
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज बस्दैछ । बैठक आज बिहान १ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बस्ने जनाइएको छ ।

यसअघि गत फागुन २८ गते बोलाइएको स्थायी समिति बैठक स्थगित गरिएको थियो । आज बस्ने बैठकमा पार्टीको विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, पार्टीले सञ्चालन गर्ने हिमाल–पहाड–तराई अभियानको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

आजको बैठकमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचन, एमाले–रास्वपासहितको नयाँ सत्ता गठबन्धन बनेपछिको राजनीतिक घटनाक्रम तथा प्रदेशका सरकारलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।