१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को नेतृत्व परिवर्तन


3.887k
Shares

काठमाडौं । सरकारले प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नेतृत्व परिवर्तन गरेको छ ।

शुक्रवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले प्रहरीमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को प्रमुखमा श्यामलाल ज्ञवालीलाई पठाउने निर्णय गरेको हो ।

प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख (एआईजी) किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यालय कार्यविभागमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । उहाँले सरकारले सुन तस्करी प्रकरणमा जाँचबुझ आयोगले कारबाही सिफारिस भएसँगै प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने र नियमित सुरुवाको प्रक्रिया अनुसार सुरुवा गरिएको बताउनु भयो ।

मन्त्री शर्माले मन्त्रीपरिषद्ले गरेको सरुवालाई कारवाहीको रुपमा नभएर नियमित प्रक्रिया भएको दाबी गर्नुभयो । उहाँले सरकारले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताउनु भयो ।

‘सुनको अवैध पैठारीका विषयमा अध्ययन गर्न जाँचबुझ आयोग बनाएका थियौं । आयोगले गृहमन्त्रीलाई बुझाएको गम्भिर अध्ययन गरी तत्काल कार्यान्वयनमा लैजाने मन्त्रीपरिषद्ले निर्णय गरेको छ । महानिरीक्षकहरुको सरुवा गर्ने निर्णय गरेको छ । श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधानकार्यालय कार्यविभागबाट केन्द्रिय अनुसन्धान ब्युरोमा र केन्दीय अनुसन्धान ब्युरो प्रमुख किरण बजचार्यलाई केन्द्रिय कार्यालयको कार्यविभागमा सरुवा गर्ने निर्णय भएको छ । सुन प्रकरणमा सरकारको धारणा दोषी कोही पनि छुट्नु हुन्न । निर्दोष कोही पनि पर्नुहुन्न भन्ने छ । यो धारणामा को व्यक्ति कसको भन्ने कुरा हुँदैन । प्रमाणले पुगेपछि जो सुकै पनि कारबाहीको दायरामा आउँनु स्वभाविक हो । जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सन्दर्भमा र नियमित सुरुवा हो । नयाँ नेतृत्व आउँदा सहज हुन्छ भन्ने हिसावले सोचेको हो । प्रहरीलाई कारबाही गरेको होइन नियमित सुरुवा गर्ने आधारमा गरिएको हो । नियमति सरुवाको प्रक्रियामा भएको हो । प्रहरी निरीक्षकको सरुवा मन्त्रीपरिषद्ले गर्नुपर्ने हुन्छ । त्यही आधारमा भएको हो ।’ मन्त्री शर्माले भन्नुभयो ।

मन्त्री शर्माले सुन तस्करी सम्बन्धि जाँचबुझ आयोगले बुझाएको प्रतिवेदन अध्ययन गरेर सरकारले दोषीलाई कारवाही गर्ने बताउनुभयो । उहाँले सरकारको स्पष्ट धारणा दोषी कोही पनि छुट्नुहुन्न र निर्दोष कोही पनि पर्नुहुन्न भनेर रहेको बताउनुभयो । उहाँले सुन काण्डमा व्यक्तिको कुरा नहुने भन्दै दोषी ठहर भएपछि जो भएपनि कारवाहीको दायरामा आउने बताउनुभयो ।