
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ ।
शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको संयुक्त आयोजनामा आयोजित शहिद केशव कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले संघ केन्द्रित अधिकार तल्लो तहमा कार्यान्वनय गर्न बाँकी रहेकोले अब विलम्व गर्नु नहुने बताउनुभयो ।
राष्ट्रपति पौडेलले व्यवस्था परिवर्तन भएपनि अझै जनताको अवस्था परिवर्तन गर्न बाँकी रहेको बताउनुभयो । उहाँले प्रशासनिक रुपमा राज्यको पुनःसंरचना गरेको भएपनि राज्यको चरित्रको भने पुनः संरचना हुन अझै बाँकी रहेको जिकिर गर्नुभयो ।
राष्ट्रपति पौडेलले लोकतन्त्रलाई राज्य सञ्चालनको माध्यम मात्र नबनाइ जीवनदर्शन र संस्कार बनाएर अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्