१८ फाल्गुन २०८१, आइतबार | Mon Mar 3 2025


प्रतिनिधिसभाको बैठक आज बस्दै


533
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक २०८० माथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने संसद् सचिवालयले जनाएको छ ।

साथै आर्थिक वर्ष २०८१÷८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा पनि छलफल हुने भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले अवरोध गरेका कारण बैठक केही दिन देखि नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन् ।