
काठामाडौं । नेपालमा युनाइटेड नेचर इन्टर्नेशनल पिस (युएनआईपी) नेपाल च्याप्टर गठन भएको छ । राजधानी काठमाण्डौंमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विधिवत रुपमा च्याप्टर स्थापनासहित पदस्थापना गरिएको हो ।
अन्तर्राष्ट्रिय सामाजिक संस्था युएनआईपी एक दशकभन्दा अघि श्रीलंकामा स्थापना भएको थियो भने यसको अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय क्यानडामा छ ।
यस संस्थाका संस्थापक अध्यक्ष राजु लामाले यस संस्थालाई नेपालमा पहिलो पटक परिचय गराउनु भएको हो । यसको च्याप्टर अमेरिका, क्यानडा, भारत, बंगलादेश र अफ्रिकामा छ । साथै यो संस्था संयुक्त राष्ट्र संघ र युएनडेसमा पनि आवद्ध छ ।
संस्थाको मुख्य उद्देश्य विश्वलाई एकतावद्ध गरी एउटै परिवार बनाएर अघि बढाउँदै विश्वमा शान्ति कायम गर्ने, सबैलाई सुखी र समृद्ध बनाउन सहयोग गर्ने र सबैबीच भाइचाराको सम्बन्ध स्थापना गर्ने रहेको छ ।
भिक्षु डा. राजु लामा पी. कोण्दनज्यू राष्ट्रिय अध्यक्ष रहनुभएका यस संस्थामा कार्यकारी राष्ट्रिय अध्यक्ष रविराज शाही, प्रल्हाद दाहाल राष्ट्रिय उपाध्यक्ष, हिराकाजी विजय अवाले राष्ट्रिय उपाध्यक्ष, हिक्मत दाहाल राष्ट्रिय महासचिव, बहादुर तामाङ राष्ट्रिय सहसचिव लगायत जम्मा ४१ जनाको कार्यसमिति रहेकोछ ।
कार्यक्रममा सांसद मोहन बाँनियाले प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै शान्तिका अग्रदुत भगवान गौतमबुद्ध जन्मेको देश नेपालमा शान्तिगामी अन्तराष्टिय संस्थाको शुरुवात हुनु सुखद पक्ष भएको र संस्थाले विश्व शान्ति र भातृत्व विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
युएनआईपीका इन्टरनेशनल कोअर्डिनेटर राजु साहले युएनआईपी मानवता, शान्ति तथा वातावरण प्रवर्धनमा सक्रिय रहेको संयुक्त रास्ट्र संघ आवद्ध संस्था भएको उल्लेख गर्नुहुँदै नेपालमा नयाँ च्याप्टर गठन भएकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभयो ।
युएनआईपी नेपाल च्याप्टरका राष्टिय अध्यक्ष भिक्षु डा. राजु लामा पि कोन्दनले आफ्नो नेतृत्वमा नेपालमा च्याप्टर स्थापना भएकोमा खुशी व्यक्त गर्नुहुँदै बुद्ध भुमिबाट शान्तिको सन्देशलाई प्रवाह गर्दै मानवताका निम्ती लागि पर्न सबैमा आग्रह गर्नुभयो । साथै उहाँले यस संस्थाको लक्ष्य प्राप्तिको लागि सक्दो सबैको सामुहिक प्रयास आवश्यक रहने बताउनुहुँदै संस्थाको उदेश्य अनुसार काम गर्न र संस्थाको गरिमा कायम राख्दै लक्षित समूहसम्म पुग्न हरसम्भव प्रयासरत रहनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा भिक्षु छिन्पो टासीले भाईचारा अभिवृद्धि गर्न तथा शान्ति मार्गमा हिँड्न यस्तो संस्था अपरिहार्य हुने बताउनुभयो । साथै कार्यक्रममा दुग्ध विकास बोर्डका निमित्त कार्यकारी निर्देशक बालक चौधरी, युएनआईपी नेशनल भाइस प्रेसिडेण्ट प्रल्हाद दाहाल, संथाका महासचिव हिक्मत दाहालले मन्त्व्य राख्नुभएको थियो ।
कार्यक्रममा च्याप्टर पदाधिकारी एवम सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र वितरण गर्नुका साथै ब्याज, परिचयपत्र र टिशर्ट समेत प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्