२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


रसुवामा भूकम्पको धक्का


4.875k
Shares

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।

आइतबार बिहान ९.४४ बजे रसुवा जिल्लाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रबिन्दु भएर चार दशमलव तीन म्याग्निच्युडको भूकम्प गएको थियो ।