२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आजको मौसम


1.482k
Shares

काठमाडौँ । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

आज सोमबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तैकोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।