
फाइल तस्बिर
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
सोमबार कपिलवस्तुबाट पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि उपस्थित गराइएको हो ।
महरालाई जिल्ला अदालत काठमाडौंले ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत भन्दा अगाडि उनलाई सरकारी वकीलको कार्यालयमा लगिएको थियो ।
सुन तस्करी प्रकरणमा थप अनुसन्धानका लागि उनलाई म्याद थप गर्न अदालतमा उपस्थित गराइएको हो ।
प्रतिक्रिया दिनुहोस्