२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


वरिष्ठ कथाकार परशु प्रधानको निधन


1.053k
Shares

काठमाडौं । वरिष्ठ कथाकार परशु प्रधानको निधन भएको छ ।

८० वर्षीय प्रधानको सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभयो । प्रधानका दुई छोरा र दुई छोरी हुनुहुन्छ ।

प्रधानको बिहान ९.३० बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । स्वर्गीय प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविताबाट साहित्यिक यात्रा आरम्भ गर्नुभएको थियो ।

उहाँका ‘वक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, नेपलिज लभ स्टोरी, धनिया’कथा सङ्ग्रह लगायतका १३ वटा कथा कृतिहरु प्रकाशित छन् ।