१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


भारतका दुई पेशेवर अपराधी सर्लाही प्रहरीको नियन्त्रणमा


1.131k
Shares

काठमाडौं । विभिन्न अपराधमा संलग्न दुई जना भारतीयलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ ।

सोमबार राति बरहथवाबाट प्रहरीले भारतीय नागरिक २४ वर्षीय जितेन्द्र राउत र २८ वर्षीय सन्नीकुमार सिंहलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लग्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर जितेन्द्र घाइते भएका छन् । उनको मलंगवाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रहरीको सूचनाको आधारमा उनीहरुलाई पक्राउ गर्न सोमबार राति सलार्ही प्रहरीको टोली त्यहाँ पुगेको थियो । जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनीहरु दुवै जना मोटरसाइकलमा रहेका बेला पक्राउ परेका हुन् । उनीहरुबाट हातहतियार फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जना पेशेवर अपराधी भएको र नेपाल तथा भारतमा भएका विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले दाबी गरेको छ । उनीहरुलाई केही समयमा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने जनाएको छ ।