
एजेन्सी । इजरायली सेनाले गाजा शहरको अल–शिफा अस्पतालमा हमला शुरु गरेको छ ।
आक्रमणका क्रममा अस्पतालमा कति जनाको मृत्यु भयो र कति घाइते भए भन्ने विवरण आइ नसकेको बताइएको छ ।
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ ।
गाजा पट्टीको सबैभन्दा ठूलो अस्पताल अल–शिफालाई यसअघि पनि इजरायली सेनाले निशाना बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्