
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोप्ने बताउनुभएको हो ।
प्रधानमन्त्री दाहालले चुरे क्षेत्रमा एक करोड बाँस रोपणका लागि अन्तर्राष्ट्रिय विकास साझेदारसँग समन्वय गरी विस्तृत प्रस्ताव तयारीको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले चुरे–तराई/मधेस क्षेत्रको संरक्षणमार्फत तराई/मधेसको मरुभूमिकरण हुनबाट रोक्न, चुरेको माथिल्लो तटिय क्षेत्रमा संरक्षणको गतिविधिलाई प्राथमिकता दिनेगरी कार्य भइरहेको पनि बताउनुभयो । उहाँले चुरे क्षेत्रबाट गिट्टी, बालुवाको उत्खनन्लाई व्यवस्थित गर्न एवं चुरे संरक्षणका लागि एकीकृत ऐन तर्जुमा गर्न मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमती प्रदान भइसकेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले चुरे संरक्षण तथा व्यवस्थापन गुरुयोजना परिमार्जन भइ स्वीकृतिको प्रक्रियामा रहेको पनि बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्